Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता सम्पन्न

अर्थ संसार

बुधबार, २७ साउन २०७८, १२ : ५५ मा प्रकाशित

नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता सम्पन्न

नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा  बैंक लिमिटेडबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो ।

बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पुर्‍याउन सहज हुने बताए । बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गरेकी छिन् ।

महासंघ र बैंकबीच भएको सम्झौता अनुसार १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता कार्यक्रममा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष  उमेश प्रसाद सिंह र कोषाध्यक्ष सत्यनारायण प्रजापतिको उपस्थिति रहेको थियो । बैंकको तर्फबाट अमित श्रेष्ठ , जनक भट्टराई, पुण्यप्रसाद खनियाँ र रूकमणी महर्जनको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको