Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको नाफामा उछाल, वितरण योग्य मुनाफा ५३ प्रतिशतले बढ्यो

अर्थ संसार

विहीबार, २८ साउन २०७८, ०५ : ३० मा प्रकाशित

कुमारी बैंकको नाफामा उछाल, वितरण योग्य मुनाफा ५३ प्रतिशतले बढ्यो

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा समिक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ५३.४९ प्रतिशतले बृद्धि भएको छ । यो अवधिमा बैंकले १ खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ३७ अर्ब ९९ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ५ अर्ब २३ करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४५.५६ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ६९.१६ प्रतिशतले बढेर २ अर्ब ८५ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ६८ करोड ६० लाख रूपैयाँमा सिमित थिया । 

त्यस्तै, बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ११ करोड ९८ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको तुलनमा यो बर्ष बैंकको जगेडाकोषको आकार ७.८३ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ५ रुपैयाँ १७ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा पुगेको छ बैंकको पीई रेसियो २५.७२ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको