Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको नाफा ८२ करोड नाघ्यो, वितरण योग्य मुनाफा कति ?

अर्थ संसार

विहीबार, २८ साउन २०७८, ०६ : २३ मा प्रकाशित

गरिमा विकास बैंकको नाफा ८२ करोड नाघ्यो, वितरण योग्य मुनाफा कति ?

गरिमा विकास बैंकले गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा कम्पनीको मुनाफामा ब्यापक बृद्धि भएको देखिन्छ । 

आर्थिक वर्ष २०७७/७८ को अन्तिमसम्म आइपुग्दा बैंकले ८२ करोड ५२ लाख रुपैँया मुनाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक बर्ष २०७६/७७ को तुलनामा करिब ४२.९४ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५७ करोड ७२ लाख  रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । 

२०७८ असार मसान्तमा बैंकले १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ ब्याद आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधीको तुलनामा १९.३७ प्रतिशतले बढि हो । त्यस्तै बैंकको सञ्चालन मुनाफा पनि अधिल्लो आर्थिक बर्षको तुलनामा ३८.३७ प्रतिशतले बृद्धि भई २ अर्ब ६५ करोड २४ लाख रुपैयाँ पुगेको छ । 

आर्थिक बर्ष २०७६/७७ को असार मसान्त सम्ममा ३४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक बर्षमा बृद्धि भएर ६० करोड ५७ लाख रुपैयाँ पुगेको छ । 

कम्पनीको खुद मुनाफामा बृद्धि भएसंगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि बृद्धि भएको छ । गत आर्थिक बर्षको अन्तिम सम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा पुगेको छ जुन अघिल्लो आर्थिक बर्षको अन्तिम सम्ममा १७ रुपैयाँमा ८२ पैसामा सिमित थियो । त्यसैगरी, समिक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ १५ पैसाबाट बढेर १४४ रुपैयाँ १ पैसा पुगेको छ। 

गत आर्थिक बर्षको अन्तिम सम्ममा बैंकको चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोषमा १ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ रहेको छ यो अवधिमा बैंकको रिजर्भको आकार ४६.०४ प्रतिशतले बढेको हो । 

अद्धिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा बैकले ६३ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेर ५१ अर्ब ८० करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको