Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इन्स्योरेन्सको नाफा ३३० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, ०६ : ४३ मा प्रकाशित

युनाईटेड इन्स्योरेन्सको नाफा ३३० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा बृद्धि भएको छ ।

गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा ३३०.३८ प्रतिशतले बढेर  ७ करोड ५२ लाख ३१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ७४ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क पनि ३५.९६ प्रतिशतले बढेर ४३ करोड ५९ लाख २६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले ३२ करोड ६ लाख २२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

सो अवधिसम्ममा कम्पनीले १८ करोड १५ लाख ७९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हाल चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ६ लाख ३४ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको बीमा कोषमा ३३ करोड ३७ लाख ९४ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ९७.९५ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको