Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सले डाक्यो स्थगित साधारण सभा, के-के छन् ऐजेन्डा ?

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, १३ : ५१ मा प्रकाशित

बेष्ट फाइनान्सले डाक्यो स्थगित साधारण सभा, के-के छन् ऐजेन्डा ?

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले यसअघि स्थगित गरिएकाे वार्षिक साधारण सभा पुन: आह्वान गरेकाे छ ।

कम्पनीकाे साउन २८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २४औँ वार्षिक साधारण सभा भदाै ३० गते, फाइनान्सकाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा हुनेछ । 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभामा सञ्चालक समितिबाट संस्थापक शेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तिको अनुमोदन गर्ने र नयाँ कार्यसमितिको लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले भदौ ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, भदौ ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61162c2b5be15.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको