Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सकाे नबिकेकाे हकप्रद लिलामीमा आउँदै, कति गर्ने लगानी ?

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, १३ : १५ मा प्रकाशित

बेष्ट फाइनान्सकाे नबिकेकाे हकप्रद लिलामीमा आउँदै, कति गर्ने लगानी ?

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले फागुन १ गते, साेमबारदेखि सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

फाइनान्सले बिक्री खुल्ला गरेकाे हकप्रदमा आवेदन नपरेकाे संस्थापक समूहकाे ५ लाख ५६ हजार ६ सय ७४ दशमलव ५७ कित्ता र सर्वसाधारण समूहकाे ५८ हजार ४ सय २९ दशमलव ९० कित्ता गरी कूल ६ लाख १५ हजार एक सय ४ दशमलव ४७ कित्ता सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेकाे हाे । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले फागुन १ गते, साेमबारदेखि फागुन १५ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले संस्थापक सेयरका लागि न्युनतम एक हजार कित्ता र सर्वसाधारण सेयरमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुलेष्ट फाइनान्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय कमलादी, काठमाडौं तथा शाखा कार्यालयहरु मिलन चोक बुटवल, अमरपथ बुटवल, नेपालगंज बाँके, घोराही दाङ, ईटहरी, नारायणघाट चितवन, विरगंज र न्यूरोड पोखरा तथा प्रभु बैंक लिमिटेडको शाखा कार्यालयहरु सुर्खेत र धनगढीबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको