Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सको ईपीएस ४ रुपैयाँ ५२ पैसामा सिमित, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, १२ : ०८ मा प्रकाशित

बेष्ट फाइनान्सको ईपीएस ४ रुपैयाँ ५२ पैसामा सिमित, कस्ता छन् अन्य सूचक ?

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म फाइनान्सकाे खुद नाफा ३ करोड ८६ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम अघिल्लाे वर्षको सोही अवधिको तुलनामा ७६.८७ प्रतिशतले घटेकाे हाे । अघिल्लाे वर्षको यसै अवधिमा फाइनान्सले १६ करोड ७२ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म फाइनान्सकाे खुद व्याज आम्दानी भने ३.३७ प्रतिशतले बढेर १३ करोड ९ लाख २५ हजार रूपैयाँमा सिमित भएकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा फाइनान्सकाे खुद व्याज आम्दानी १२ करोड ६६ लाख ५३ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

चाैथाे त्रैमाससम्म फाइनान्सको सञ्चालन मुनाफा ७३.३४ प्रतिशतले घटेर ५ करोड ५८ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लाे वर्ष फाइनान्सले २० कराेड ९४ लाख १४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

चुक्ता पुँजी

फाइनान्सको चुक्ता पुँजी ८५ करोड ४८ लाख १६ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

जगेडा कोषमा ५३ करोड २९ लाख ६ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी

फाइनान्सकाे वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ६५ पैसाले घटेर ४ रुपैयाँ ५२ पैसामा सिमित भएकाे छ ।

प्रतिसेयर नेटवर्थ

फाइनान्सकाे प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७१ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको