Like us!
Follow us!
Connect us!
Watch us!

कोभिडले पनि रोकेन युनिलिभर नेपालको नाफा, प्रतिसेयर आम्दानी ९०० रुपैयाँ बढि

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, ०८ : २४ मा प्रकाशित

कोभिडले पनि रोकेन युनिलिभर नेपालको नाफा, प्रतिसेयर आम्दानी ९०० रुपैयाँ बढि

युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद मुनाफा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले  ८५ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३५ करोड ८० लाख  रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३.२ प्रतिशतले बढेर ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । गतबर्ष कम्पनीको यो आम्दानी ५ अर्ब ७२ करोड रुपैयामा सिमित थियो ।  

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९२८ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको ईपीएस ३८९ रुपैयाँमा सिमित थियो । कम्पनीको प्रतिसेय नेटवर्थ २८२२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनूपात २०.९१ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको