Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको नाफा ३२.९९ प्रतिशतले बढ्यो, कति पुग्यो ईपिएस ?

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, ०८ : ११ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको नाफा ३२.९९ प्रतिशतले बढ्यो, कति पुग्यो ईपिएस ?

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा बृद्धि आएको छ ।

गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा ३२.९९ प्रतिशतले बढेर ३४ करोड ८७ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २६ करोड २२ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि ७.५८ प्रतिशतले बढेर १ अर्ब २७ करोड ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो आम्दानी १ अर्ब १८ करोड ६ लाख रुपैयाँ थियो ।

हाल चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको कम्पनीको जडेडा कोषमा ४२ करोड ६ लाख रुपैया जम्मा छ । त्यस्तै कम्पनीको बीमा कोषमा ५९ करोड ५७ लाख ३१ हजार रुपैयाँ सन्चित छ भने महाविपत्ति कोषमा कुनै पनि रकम देखिदैन । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २८ रुपैयाँ ७ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८१ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको