Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सिद्धार्थका दुई म्युचुअल फण्डहरुको मूल्य समायोजन

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, १० : ४६ मा प्रकाशित

नेप्सेमा सिद्धार्थका दुई म्युचुअल फण्डहरुको मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ईकाइ मूल्य समायोजन भएको छ ।

लाभांश प्रयोजनार्थ कम्पनीले आज साउन ३२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले हिजो साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । 

समायोजन पछि सिद्धार्थ इक्विटी फण्डको ईकाइ मूल्य १२ रुपैयाँ ६० पैसा कायम भएकोछ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ईकाई मूल्य १२ रुपैयाँ ५३ पैसा कायम भएको नेप्सेले जनाएको छ । हिजो आईतबारको अन्तिम कारोबारमा सिद्धार्थ इक्विटी फण्डको १५ रुपैयाँ ६० पैसामा  र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को १५ रुपैयाँ ५३ पैसामा कारोबार भएको थियो सोहि मूल्यका आधारमा इकाई मूल्य समायोजन गरिएको हो । 

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

सिद्धार्थ क्यापिटलको साउन २१ गते, ९बिहीबार० बसेको सञ्चालक समितिको बैठकले दुवै योजनाका इकाईधनीहरूलाई करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको