Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी क्यापिटलले डाक्याे साधारण सभा, हकप्रद निष्कासन गर्ने

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, १० : ५५ मा प्रकाशित

कुमारी क्यापिटलले डाक्याे साधारण सभा, हकप्रद निष्कासन गर्ने

कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे श्रावण २८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे तेश्राे वार्षिक साधारण सभा भदौ १८ गते कुमारी बैंक लिमिटेड, काठमाडौंमा दिउँसाे १२:३० बजेबाट सुरू हुनेछ ।

सभामा हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिबाट सिफारिस गरे बमाेजिम कम्पनीकाे चुक्ता पुँजीकाे एक बराबर एक (१:१) काे अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू रहेका छन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6119f5f9da381.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको