Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, १२ : ०२ मा प्रकाशित

नबिल बैंकको ऋणपत्र बाँडफाँड

नबिल बैंक लिमिटेडले साउन १० गते आईतबारबाट साउन २४ गते, आईतबारसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँड गरिएकाे छ ।

उक्त अवधिभर रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई हिजाे (साउन ३१ गते, आईतबार) बाँडफाँड गरिएकाे बैंकले जानकारी दिएकाे छ ।

बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएकाे हाे । सर्वसाधारणका लागि छुट्याइएकाे कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । 

बैंकले ७ वर्ष अवधिको ८ प्रतिशत व्याजदर रहेको  "८%  नबिल डिबेन्चर २०८५" नाममा ऋणपत्र निष्कासन गरेको हो ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गरेको थियाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

611a042d11139.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको