Like us!
Follow us!
Connect us!
Watch us!

वित्तिय विवरणः नबिल, ग्लोबल आईएमई र एनआइसी एसिया बैंक कुन सूचकमा कुन बलियो ?

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, १३ : २३ मा प्रकाशित

वित्तिय विवरणः नबिल, ग्लोबल आईएमई र एनआइसी एसिया बैंक कुन सूचकमा कुन बलियो ?

अहिले अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले धमाधम गत आर्थिक बर्ष २०७७/२०७८ को अपरिष्कृत वित्तिय विवरणहरु प्रकाशन गरीरहेका छन् । 

तुलनात्मक रुपमा हेर्दा अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो वित्तिय अवस्थामा आकर्षक सुधार गरेको देखिएको छ । नेपालका बैंक तथा वित्तिय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई आज अर्थात साउन ३२ गतेसम्मका लागि वित्तिय विवरण प्रकाशन गर्ने समय दिएको थियो ।

सामान्यत बैंक तथा वित्तिय संस्थाहरुले साउन १५ गतेसम्ममा अघिल्लो आर्थिक बर्षको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गर्नुपर्ने व्यबस्था हुन्छ । आजसम्म आईपुग्दा अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले गत आर्थिक बर्षको अपरिष्कृत वित्तिय विवरणहरु सार्वजनिक गरिसकेका छन् । 

नेपालका २७ वाणिज्य बैंकहरु मध्य सबै भन्दा बढि मुनाफा हासिल गर्न सफल र सर्वाधिक चर्चित ३ वाणिज्य बैंकहरु नबिल बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एसिया बैंकले पनि आफ्नो गत आर्थिक बर्षको वित्तिय विवरण प्रकाशन गरीसकेका छन् । 

ग्लोबल आईएमई बैंक अहिलेसम्मका लागि नेपालको सबैभन्दा बढि चुक्ता पुँजी भएको बैंक हो भने नबिल बैंक सबैभन्दा बढि मुनाफा कमाउन सफल बैंकका साथ साथै दोस्रोबजारमा सबैभन्दा महंगो सेयर मूल्य भएको वाणिज्य बैंक पनि हो भने एनआइसी एसिया बैंक आफ्नो आक्रमक बैकिङ व्यवसायका कारण सधै चर्चामा रहन्छ । 

गत आर्थिक बर्षको वित्तिय विवरणका आधारमा यी तिन बैंकहरुको विभिन्न सूचक हेर्दा कुन सूचकमा कुन बलियो ?

१. चूक्ता पुँजीः यी तिन बैंकहरुको चुक्ता पुँजीका आधारमा सबैभन्दा ठुलो बैंक हो ग्लोबल आईएमई बैंक । ग्लोबल आईएमई बैंक तिन बैंकहरुको तुलनमा मात्र नभई अहिलेसम्मकम लागि नेपाल कै सबैभन्दा ठुलो बैंक हो । जसको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । 

त्यस्तै चुक्ता पुँजीमा ग्लोबल पछि नबिल बैंक बलियो देखिन्छ । गत आर्थिक बर्षको अन्तिम सम्ममा नबिलको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने एनआईसी एसिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । 

२. जगेडा कोषः यी तिनवटा बैंकहरुमा सबैभन्दा बलियो जगेडा कोषको आकार नबिल बैंकको देखिन्छ । नबिलको जगेडा कोषमा १९ अर्ब ४८ करोड रुपैयाँ सञ्चित रहेको छ । त्यसैगरी ग्लोबलको ११ अर्ब ५ करोड र एनआईसी एसियाको ९ अर्ब १२ करोड रुपैयाँ जगेडा कोषमा सञ्चित देखिन्छ । 

३. निक्षेप संकलनः निक्षेप संकलनमा सबैभन्दा आक्रमक एनआइसी एसिया बैंक देखिएको छ बैंकले गत आर्थिक बर्षमा २ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यसैगरी ग्लोबल आईएमई बैंकले २ खर्ब ६८ अर्ब र नबिल बैंकले २ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । 

४. कर्जा लगानीः कर्जा लगानीमा पनि सबैभन्दा बढि आक्रमक एनआईसी एसिया बैंक नै दखिएको छ । बैंकले गत आर्थिक बर्षमा २ खर्ब ४८ अर्ब भन्दा बढिको कर्जा लगानी गरेको छ । त्यस्तै ग्लोबल आईएसई बैंकले २ खर्ब २८ अर्ब र नबिलले १ खर्ब ९८ अर्ब रुपैयाँ भन्दा बढि कर्जा लगानी गरेका छन् । 

५. वितरण्मयोग्य मुनाफाः वितरणयोग्य मुनाफामा सबैभन्दा बलियो नबिल बैंक देखिन्छ । गत आर्थिक बर्षको विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब १२ करोड रुपैयाँ रहेको छ । त्यसैगरी ग्लोबलको २ अर्ब ७६ करोड रुपैयाँ र एनआइसी एसिया बैंकको १ अर्ब ९२ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ । 

६. खुद मुनाफाः खुद मुनाफामा नबिल बैंक अन्य दुई बैंकहरुको तुलनामा अगाडी देखिन्छ । आर्थिक बर्षको अन्तिमसम्ममा बैंकले ४ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा हाँसिल गर्न सफल भएको हो । यो नै नेपालको बैंक तथा वित्तिय संस्थाहरुमध्यमा सबैभन्दा बढि मुनाफा हो । त्यसैगरी ग्लोबल आईएमईले ४ अर्ब १२ करोड र एनआइसी एसियाले ३ अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा हाँसिल गर्न सफल भएको देखिन्छ । 

७. ब्याज आम्दानीः समिक्षा अवधिमा सबैभन्दा बढि ब्याज आम्दनी एनआइसी एसिया बैंकले गरेको छ । यो अवधीमा बैंकले ९ अर्ब २२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । त्यस्तै ग्लोबल आईएमईले ९ अर्ब रुपैयाँ र नबिलले ७ अर्ब ७२ करोड रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ । 

८.सञ्चालन मुनाफाः सञ्चालन मुनाफामा सबैभन्दा अगाडी नबिल बैंक नै दखिएको छ । बैंकले समिक्षा अवधीमा ६ अर्ब ४३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाउन सफल भएको हो । त्यसैगरी ग्लोबल आईएमईले ५ अर्ब ८६ करोड र एनआईसी एसियाले ४ अर्ब ७९ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाउन सफल भएको देखिन्छ । 

९.ईपिएसः प्रतिसेयर आम्दानीमा सबैभन्दा अगाडी नबिल बैंक देखिएको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै एनआइसी एसियाको २८ रुपैयाँ ११ पैसा र ग्लोबल आईएमईको १९ रुपैयाँ ८ पैसा प्रतिसेयर आम्दानी रहेको छ । 

१०. प्रतिसेयर नेटवर्थः प्रतिसेयर नेटवर्थमा सबैभन्दा बलियो नबिल बैंक देखिन्छ । समिक्षा अवधीमा बैंकको प्रतिसेयर नेटवर्थ २४०.७३ रुपैयाँ रहेको छ । त्यस्तै एनआईसी एसियाको १७९ रुपैयाँ र ग्लोबल आईएमईको १५१.११ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको छ । 

१२. पिई रेसियोः पिइ रेसियो अर्थात मूल्य आम्दानी अनुपात सबैभन्दा कम ग्लोबल आईएमई बैंकको रहेको छ । समिक्षा अवधीमा बैंकको मूल्य आम्दानी अनुपाल २३.१२ गुणा रहेको छ । त्यस्तै एनआईसी एसियाको ३५.५६ गुणा र नबिलको ४०.६९ गुणा पिई रेसियो रहेको छ । 

समग्रमा हेर्दा यी तिन बैंकहरुमा वितरण योग्य मूनाफा, खुद मुनाफामा, सञ्चालन मुनाफा, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ र जगेडा कोषमा नबिल बैंक अगाडी देखिएको छ भने । निक्षेप संकलन, कर्जा लगानी र ब्याज आम्दानीमा एनआईसी एसिया बैंक आक्रमक देखिएको छ । त्यसैगरी चुक्ता पुँजी र पिई रेसियो अर्थात मूल्य आम्दानी अनुपातमा ग्लोबल आईएमई बैंक अब्बल देखिएको छ ।    


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको