Like us!
Follow us!
Connect us!
Watch us!

अहिले हाइड्रोमा मात्र होईन गर्न सक्ने सबै क्षेत्रमा चलखेल भएको छ

अर्थ संसार

विहीबार, ०३ भदौ २०७८, १२ : ०६ मा प्रकाशित

अहिले हाइड्रोमा मात्र होईन गर्न सक्ने सबै क्षेत्रमा चलखेल भएको छ

अहिले नेपालको सेयरमा हाइड्रोपावर क्षेत्रका कम्पनीहरुको सेयर मूल्यमा मात्र नभएर हरेक क्षेत्रहरुमा भइरहेको भन्दै यसलाई नियन्त्रण गर्नेकाम बिद्युत नियम आयोगको नभई धितोपत्र बोर्ड वा नेप्सेको हुने बताउछन् ठुला लगानीकर्ता एबंम उर्जा विकास परिषदका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान । 

बिद्युत नियमन आयोगको काम बिद्युत कम्पनीहरुलाई सेयर निष्काशनको अनुमति दिने काम भएकोले यसरी सेयर मूल्य बढ्यो भनेर बिज्ञप्ती जारी गर्न नहुने उनको तर्क छ । "यदि बजारमा चलखेल भएको भएपनि नियमन आयोगले धितोपत्र बोर्ड वा नेप्से मार्फत लगानीकर्तालाई सचेत बनाउनु पर्ने थियो" उनले भने । 

बिद्युत कम्पनीहरुको प्रमुख नियमनकारी निकाय नै बिद्युत नियमन आयोग भएकाले आयोगले यदि बजारमा हर्सल मेहता स्क्याम जस्तै ठुलो स्क्यामनै भएको भए यसरी बिज्ञप्ती नै जारी गर्नु ठिक हुनसक्थ्यो तर यसरी केहि ब्यक्ति र समूहले सेयर मूल्यमा केहि चलखेल गर्दा बजारका अन्य नियमनकारी निकायहरु हुँदा हुँदै आयोगले नै विज्ञप्ती निकाल्नु पर्ने अवस्था भने नरहेको तर्क गर्छन् उनि । 

आँफुले सधै सेयरबजारमा साना लगानीकर्ताहरु नफसुन् भन्ने सोच राख्ने भन्दै उनले स्वयम लगानीकर्ताहरु पनि सेयरमा लगानीगर्दा एकदमै संयमित भएर लगानीगर्नुपर्ने बताए ।

हाइड्रोपावर कम्पनीहरुको नियामक निकाय विद्युत नियमन आयोगले विगत केहि दिनदेखि विभिन्न सञ्चार माध्याममा केहि बिद्युत कम्पनीका प्रवद्र्धकले सेयर मूल्यमा अस्वभाविक बृद्धि गराउने कार्यमा संलग्न भएका कारण हाइड्रोवावर कम्पनीहरुको सेयर मूल्य बढेको भनि आएका समाचारहरु प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । 

्बुधबार एक सुचना जारी गर्दै आयोगले सुचिकृत कम्पनीले जानकारी तथा विवरणहरु सार्वजनिक गर्दा सत्य तथ्य जानकारी गराउनु पर्ने कम्पनीको जिम्मेवारी हो यदि कसैले जानाजान रुपमा लगानीकर्तालाई झुक्याउने तथा बहकाउने प्रयोजनले गलत सूचना दिने प्रबर्दक र कम्पनीलाई आयोगले कारवाही गर्ने जनाएको हो ।

आयोगले लगानीकर्ताहरुलाई पनि लगानी गर्दा सत्य तथ्य बुझेर , कम्पनीको बारेमा अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको छ । आयोगले विभिन्न १६ वटा विषयको अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको