Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंककाे नयाँ शाखा महेन्द्रनगरमा

अर्थ संसार

विहीबार, ०३ भदौ २०७८, १४ : ४२ मा प्रकाशित

सिभिल बैंककाे नयाँ शाखा महेन्द्रनगरमा

सिभिल बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरेका छन् । हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरीएको थियो ।

उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन यस शाखाले टेवा पुर्याउने कुरा बताएका छन् । 

सिभिल बैंकका डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ्गका प्रमुख भोला बहादुर विष्टले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकहरुको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए । 

बैंकले हालसम्म ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटिएमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै करीव रु. ९२ अर्व निक्षेप परिचालन गरी रु. ८५ अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको