Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंककाे ऋणपत्र रजिष्ट्रार चयन

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, ११ : ११ मा प्रकाशित

मुक्तिनाथ विकास बैंककाे ऋणपत्र रजिष्ट्रार चयन

मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।  

बैंकले ‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।   

‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत हुनेछ । 

मुक्तिनाथ विकास बैंक लिमिटेडले साउन ७ गते बिहीबारबाट साउन १२ गते, मंगलबारसम्म ७ वर्ष अवधिकाे ८.७५ प्रतिशत व्याजदर भएकाे  ‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ नाममा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

612483d5db80b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको