Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीको १०% क्यासब्याक अफरमा टिकटक बनाएर ५ हजारसम्म जित्ने मौका

अर्थ संसार

बुधबार, ०९ भदौ २०७८, १२ : ५५ मा प्रकाशित

खल्तीको १०% क्यासब्याक अफरमा टिकटक बनाएर ५ हजारसम्म जित्ने मौका

खल्ती डिजिटल वालेटले खल्तीको १०% क्यासब्याक अफरमा सिर्जनात्मक टिकटक भिडियो बनाई ५ हजार रूपैयाँ जित्ने सकिने टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ। खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको हो।

यस प्रतियोगिताको उत्कृष्ट ३ कलात्मक भिडियोहरुले ५ हजार रूपैयाँ नगद जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन्। 

यस च्यालेन्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १०% क्यासब्याकलाई रमाइलो ढंगमा भिडियो मार्फत् देखाउन सक्नेछन् । खल्ती आफैले आफ्नो टिकटकमा एउटा उदाहरण राखेको छ  जसमा पसलबाट रिचार्ज कार्ड खरिद गरी घर फर्कदा रिचार्ज कार्ड हराएको र उक्त अवस्थामा खल्ती बाट रिचार्ज गरी १०% क्यासब्याक पाएको सन्देश भिडियो मार्फत दिएको छ।  

१७ अगस्ट देखि ३० सम्म सञ्चालन हुने यस प्रतिस्पर्धामा सहभागी हुनका लागि सहभागीले भिडियो बनाउनुको साथै खल्तीको आधिकारिक टिकटक र इन्स्टाग्राम फलो पनि गर्नुपर्नेछ । साथै सहभागीहरुले भिडियो सँगसँगै यी ह्यासट्यागहरु #Khalti10percentCashback and #KhaltiCashbackChallenge पनि क्याप्सनमा समावेश गर्नु पर्नेछ।

१०% क्यासब्याक अफर 

खल्तीले एनसेल, नमस्ते र स्मार्टसेलको टपअपमा नेपालकै सबै भन्दा बढी १० % क्यासब्याक अफर सञ्चालन गरिरहेको छ । यो अफर अन्तर्गत, क्यासब्याक पाउन केवाईसी भेरिफाइड रहेको खल्ती आई.डी. कै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ । यो योजना सिमित समयावधि को मात्र लागि रहेको छ । रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्ज्याक्सन हिस्ट्री मा पुरै क्यासब्याक पाएको देख्न सकिनेछ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको