Like us!
Follow us!
Connect us!
Watch us!

१ रुपैयाँ ४६ पैसाले बढ्यो एनएमबि ५० को न्याभ, अरू सूचक के भए ?

अर्थ संसार

आइतबार, १३ भदौ २०७८, १४ : २९ मा प्रकाशित

१ रुपैयाँ ४६ पैसाले बढ्यो एनएमबि ५० को न्याभ, अरू सूचक के भए ?

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० ले २०७८ साल साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) २० रुपैयाँ ४२ पैसा पुगेको छ । उक्त मूल्य असार मसान्तकाे तुलनामा १ रुपैयाँ ४६ पैसाले बढेकाे हाे । असार मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १८ रुपैयाँ ९६ पैसा रहेकाे थियो ।

त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी १ अर्ब ७४ करोड २२ लाख १९ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी असार मसान्तकाे तुलनामा २१ करोड १० लाख ५० हजार रूपैयाँले बढेकाे हाे । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ५३ करोड ११ लाख ६९ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, एनएमबि ५० ले विभिन्न प्रकारका ४९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ४३ करोड २० लाख ७६ हजार रुपैयाँमा सिमित भएकाे छ । असार मसान्तसम्म फण्डकाे बैंक माैज्दात ४३ कराेड ४८ लाख २२ हजार रूपैयाँ रहेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

612b49a2e0cbc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको