Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि ५० को न्याभ घट्याे, सेयर लगानी कति ?

अर्थ संसार

सोमबार, १२ पुस २०७८, १४ : ३९ मा प्रकाशित

एनएमबि ५० को न्याभ घट्याे, सेयर लगानी कति ?

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० ले २०७८ साल मंसिर मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

मंसिर मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १४ रुपैयाँ ६१ पैसामा झरेकाे छ । उक्त मूल्य कार्तिक मसान्तकाे तुलनामा एक रूपैयाँ ५५ पैसाले घटेकाे हाे । कार्तिक मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ १६ पैसा रहेकाे थियो ।

त्यसैगरी, मंसिर मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी पनि घटेर १ अर्ब ८ करोड ८२ लाख २२ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी कार्तिक मसान्तकाे तुलनामा २१ करोड ९० लाख ३५ हजार रूपैयाँले घटेकाे हाे । कार्तिक मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ३० करोड ७२ लाख ५८ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, एनएमबि ५० ले विभिन्न प्रकारका ४८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । फण्डले सबैभन्दा धेरै सिद्धार्थ बैंककाे सेयरमा लगानी गरेकाे छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात भने २९ करोड ६० लाख रुपैयाँबाट बढेर ३५ करोड २४ लाख रुपैयाँ पुगेकाे छ ।

फण्डले सार्वजनिक गरेकाे मंसिर मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

61c9803dbe4cf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको