Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी खोला जलविद्युतले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, ११ : २९ मा प्रकाशित

दोर्दी खोला जलविद्युतले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा असोज ६ गते  त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे जुम मार्मत संचालन हुनेछ । 

सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदन, वासलात नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ । त्यसैगरी, लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गरिनेछ  । 

त्यसैगरी सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियमक निकायहरुको निर्देशनमा प्रबन्धक तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परि मार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ २२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ  । त्यसैले भदौ २१ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

612dbf6881ea4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको