Like us!
Follow us!
Connect us!
Watch us!

ग्यापु टिकटक हिरोका टप ५० फाइनलिस्ट सार्वजनिक

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, १४ : १७ मा प्रकाशित

ग्यापु टिकटक हिरोका टप ५० फाइनलिस्ट सार्वजनिक

नेपाली ई - कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट ५० सहभागीहरूको नाम सार्वजनिक भएको छ । करिब ५ हजार ६ सय जना सहभागीबाट छानिएर ग्यापुले उत्कृष्ट ५० को नाम सार्वजनिक गरेको हो । 

सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा धेरै राम्रा राम्रा भिडियोहरू बनाएका थिए । सबैजनाले आ-आफ्नै हिसाबको भिडियो बनाउने छुट दिइएको थियो । अब भने यस प्रतियोगितामा केही फरक हुने ग्यापुका संस्थापक सिइओ ज्ञानेन्द्र खड्काले  बताएका छन् ।

छानिएका ५० सहभागीहरूबाट अब उत्कृष्ट २५ सहभागीहरू छानिनेछन् । उत्कृष्ट २५ मा पुग्नको लागि छानिएका सहभागीहरूले फेरी नयाँ भिडियो बनाएर पठाउनुपर्ने हुन्छ । ग्यापुको आधिकारीक टिकटक अकाउन्ट पोस्ट भएका मध्ये जसको भिडियोमा सबैभन्दा धेरै लाइक र भिउ हुन्छ उ नै उत्कृष्ट २५ मा पुग्नेछ । यसर्थ परिणाम निकै नै पारदर्शी हुनेमा कम्पनी विश्वस्त रहेको छ । 

यस पश्चात हुने ग्राण्ड फिनालेमा उत्कृष्ट तीन जना सहभागी छानिनेछन् । सो उत्कृष्ट तीन पनि पहिलेकै प्रकृयाबाट छानिनेछ । अर्थात जसको धेरै लाइक र भिउ आउछ उ नै उत्कृष्ट २५ बाट उत्कृष्ट तीनमा पुग्नेछन् । 

ग्यापु मार्केटप्लेसको आधिकारिक वेभसाइट  (gyapu.com) मा गएर  उत्कृष्ट ५० को नाम हेर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको