Like us!
Follow us!
Connect us!
Watch us!

फोनपे मार्फत कारोबार गर्ने झापाका उज्जलले पाए हुण्डाइको गाडी उपहार

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, १५ : २६ मा प्रकाशित

फोनपे मार्फत कारोबार गर्ने झापाका उज्जलले पाए हुण्डाइको गाडी उपहार

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’  उपहार योजनाका बिजेतालाई गाडी हस्तान्तरण गरिएको छ ।

यस योजनामा झापा विर्तामोडका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भए । उनलाई एक कार्यक्रमक बिच फोनपेका प्रमुख कार्यकारी अधिकृत अद्धेत तुलाधर, नबिल बैंकका चिफ मार्केटिङ्ग अफिसर कविन्द्र प्रसाद श्रेष्ठ र फोनपेका ब्राण्ड एम्बेष्डर सन्दिप क्षेत्रीले गाडि हस्तान्तरण गरेका हुन् । अधिकारी नबिल बैंकका ग्राहक रहेका छन् । 

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो योजना फागुन २३ गतेदेखि असार मसान्तसम्म सञ्चालन भएको थियो । यस योजनामा नेपालभरीका कुनैपनि बैंकको आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत अन्य बैंकमा पैसा पठाउने ग्राहक सहभागी भएका थिए ।

फोन पे डाइरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ । जसबाट बिना बैंक खाता नम्बर, केवल पैसा पाउने व्यक्तिको मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंक खातामा पठाउन सकिन्छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको