Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंंकको ऋणपत्र नेप्सेमा सुचिकृत

अर्थ संसार

मंगलबार, २२ भदौ २०७८, ०७ : ४५ मा प्रकाशित

प्राइम कमर्सियल बैंंकको ऋणपत्र नेप्सेमा सुचिकृत

प्राइम कमर्सियल बैंंकले निष्काशन गरेको ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ । बैंकले निष्काशन गरेको ऋणपत्र  धितोपत्र सूचिकरण विनिययमावली, २०७५ बमोजिम नेप्सेमा सुचिकृत भएको हो ।  

८.७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रति इकाई १ हजार को दरले हुन आउने २ अर्ब ४४ करोड ७९ लाख त्रिसठ्ठी हजार रुपैँया बराबरको २४ लाख ४७ हजार ९६३ इकाई डिवेन्चर  सूचिकरण भएको बैंकले जनाएको छ ।

सूचिकरण सम्बन्धि सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका छन्  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको