Like us!
Follow us!
Connect us!
Watch us!

ग्यापुले ल्यायो चाडबाड अफर

अर्थ संसार

बुधबार, २३ भदौ २०७८, ०८ : ३१ मा प्रकाशित

ग्यापुले ल्यायो चाडबाड अफर

नजिकिँदै गरेको चाडबाडलाई मध्यनजर गर्दै ईकमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ । हिन्दु महिलाहरूको महान चाड तिजको अवसरमा विभन्न सामान ग्यापु मार्फत खरिद गरेमा ग्राहकले ग्यापुबाट छुट र क्यासब्याक अफर पाउन सक्छन् ।

ग्राहकले हिमालय बैंकबाट सामान खरिद गर्दा ५०० रुपैयाँसम्ममा १५ प्रतिशत छुट पाउनेछन् । यो छुट भदौ २४ गतेसम्म लागू हुनेछ ।

त्यस्तै, माछापुच्छ्रे बैंकबाट पैसा तिर्दा ५०० रुपैयाँसम्ममा १० प्रतिशत छुट पाउनेछन् । भदौ २० गतेदेखि यो छुट २६ गतेसम्म लागू हुनेछ । यसैगरी सनराइज बैंकबाट सामान खरिद गरेमा ग्राहकले ३०० रुपैयाँसम्ममा २० प्रतिशत क्यासब्याक पाउनेछन् । यो छुट भने भदौ २५ गते सम्म लागू हुनेछ ग्यापुको अपरेसन हेड सुरजनी केसीले बताइन् ।

फोन पे मार्फत भुक्तानी गर्दा २ सयको भौचर, एनआइसी एशियाको कार्ड मार्फत भुक्तानी गर्दा २ सयको भौचर र इ सेवाबाट भुक्तानी गर्दा २ सयको भौचर प्राप्त गर्न सकिनेछ । साथै खल्ती मार्फत भुक्तानी गर्दा १० जनाले २ सयको टप अप प्राप्त गरिने बताइएको छ ।

विदेशमा रहने ग्राहकले पनि ग्यापु मार्फत नेपालमा भएका आफ्नो आफन्तलाई  सर्पाइज दिनको लागि उपहार अर्डर गर्नसक्नेछन् र ग्यापुले डेलिभरी गर्नेछ ।

त्यस्तै, अन्य उपहारमा लेदरको वालेट, ग्रुमिङ किट, हेडफोन, विभिन्न विधाका किताबहरू र विभिन्न ब्रान्डका लिक्वेरहरू रहेका छन् । यी मध्ये कुनै पनि उपहार ग्यापुको पेमेन्ट पार्टनर बैंकहरूबाट खरिद गरेको खण्डमा माथि उल्लेखित छुटहरू उपलब्ध हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको