Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीबाट १ रूपैयाँमा हवाई टिकट खरिद गर्न सकिने

अर्थ संसार

बुधबार, २३ भदौ २०७८, १४ : ०१ मा प्रकाशित

खल्तीबाट १ रूपैयाँमा हवाई टिकट खरिद गर्न सकिने

फ्लाइट टिकेट मा नेपालकै सबै भन्दा बढी क्यासब्याक प्रदान गर्ने अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र एक रूपैयाँमा हवाई टिकट खरिद गर्न सकिने आकर्षक अफर कार्यान्वयनमा ल्याएको छ। 

यस अफर मार्फत् खल्ती मा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले ८ सय रूपैयाँसम्मको क्यासब्याक पक्का पाउनेछन् । साथै दैनिक एक जना भाग्यशाली बिजेताले मात्र एक रूपैयाँमा उडान टिकट प्राप्त गर्नेछन्। खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा मात्र एक रूपैयाँ कटौती गरी बाँकी रकम बिजेताको खल्ती खातामा ट्रान्सफर हुने जानकारी गराएको छ। 

उक्त अफरमा सहभागी हुन सहभागीले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन्। 

यस अफर ७ सेप्टेम्बर देखि ४ अक्टोबर २०२१ सम्म मात्र लागु हुने खल्ती वालेटले जनाएको छ । 

डिजिटल भुक्तानी मार्फत दशैँको समयमा टिकट काट्न घण्टौ लाइनमा बस्न पर्ने झन्झटबाट मुक्त गर्ने साथै भारी क्यासब्याक दिई ग्राहकलाई सुलभ मूल्यमा टिकट पनि उपलब्ध गराउने उद्देश्यका साथ उक्त अफर संचालनमा ल्याइएको खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक सौरभ ओझाले बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको