Like us!
Follow us!
Connect us!
Watch us!

ओरियन्टल होटेल डाक्यो बार्षिक साधारणसभा, सेयरधनीको हात भने खालि !

अर्थ संसार

विहीबार, २४ भदौ २०७८, ११ : १३ मा प्रकाशित

ओरियन्टल होटेल डाक्यो बार्षिक साधारणसभा, सेयरधनीको हात भने खालि !

ओरियन्टल होटेलले आफ्नो २४ औँ बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १९ गते मंगलबार भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि सभा आह्वान गरेको हो । कम्पनीले गत आर्थिक बर्षको मूनाफाबाट कुनै लाभांश घोषणा गरेको छैन ।

सभाले संस्थापक सेयरधनी समूहबाट ४ जना र साधारण सेयरधनी समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ। सोही सभाले एकजना स्वतन्त्र सञ्चालक पनि नियुक्ति गर्नेछ। सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी अनुमोदन गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ४ गतेदेखि १९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले असोज ३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्  ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको