Like us!
Follow us!
Connect us!
Watch us!

ओरियन्टल होटलकाे साधारणसभा आज, लगानीकर्तालाई छैन लाभांश

अर्थ संसार

विहीबार, १३ असोज २०७९, ०६ : ०५ मा प्रकाशित

ओरियन्टल होटलकाे साधारणसभा आज, लगानीकर्तालाई छैन लाभांश

ओरियन्टल होटल लिमिटेडकाे २५ औँ वार्षिक साधारण सभा आज (असोज १३ गते, बिहीबार) राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सो सभा भर्चुअल माध्यमबाट समेत सञ्चालन हुने होटलले जनाएको छ।

सभाले आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्मको वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

होटलले लगानीकर्तालाई लाभांस भने प्रस्ताव गरेकाे छैन । गत आर्थिक वर्षमा पनि लगानीकर्ताको हात खाली नै राखेको थियो। 

साधारण सभा प्रयोजनार्थ होटलले भदौ ३१ गतेदेखि असोज १३ गतेसम्म बुकक्लोज गरेकाे थियाे । यस अनुसार भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको