ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो वर्षसम्म नाफामा रहेको कम्पनी यस पटक भने १९ करोड ७५ लाख रुपैयाँ घाटामा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म २५ करोड ८३ लाख रुपैयाँ नाफा गरेको कम्पनी यस वर्ष उल्टै घाटामा गएको देखिन्छ।
कम्पनीले कुल बीमाशुल्क आर्जन भने १५.९६ प्रतिशतले बढाएको छ, तर यसले नाफामा कुनै सुधार ल्याउन सकेको छैन। वित्तीय विवरणअनुसार कम्पनीको रिटेन्ड अर्निङ (जगेडा नाफा) २८ करोड ९३ लाख रुपैयाँले ऋणात्मक रहेको छ, जुन अघिल्लो वर्ष ७ करोड ४४ लाख रुपैयाँ मात्र ऋणात्मक थियो।
कम्पनीको बीमा कोष १२३.५२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ पुगेको छ। तर, बीमा कोष बढ्दा पनि कम्पनी घाटामा जानु व्यवस्थापनको कमजोरीलाई दर्शाउँछ।
समीक्षा अवधिसम्म कम्पनीले ४६ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ४९ करोड ३० लाख रुपैयाँभन्दा कम हो। कुल बीमाशुल्क बढे पनि खुद बीमाशुल्क घट्नु कम्पनीको लागत व्यवस्थापनमा समस्या रहेको देखाउँछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस