Like us!
Follow us!
Connect us!
Watch us!

ओरियन्टल होटल्सले डाक्यो साधारणसभा, लाभांश पारितको प्रस्ताव

अर्थ संसार

मंगलबार, ०२ असोज २०८०, ०७ : ४० मा प्रकाशित

ओरियन्टल होटल्सले डाक्यो साधारणसभा, लाभांश पारितको प्रस्ताव

ओरियन्टल होटल्स लिमिटेडले साधारणसभा आवहान गरेको छ। कम्पनीले गत वर्षको लाभांश प्रस्ताव पारित गर्ने  साधारण सभा बोलाएको हो।

साधारणसभाबारे थप जानकारी 

 मिति, स्थान र समय

मिति २०८० आश्विन २५ गते बिहीबार (१२ अक्टोबर २०२३)
समय: दिनको ११:०० बजे ।
स्थान नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर

कम्पनीले प्रस्तुत गरेका प्रस्ताव 

क. सामान्य प्रस्ताव
१.सञ्चालक समितिको अध्यक्षको मन्तव्यसहित छब्बिसौ वार्षिक साधारण सभा आ.ब. २०७९/०८० को प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात तथा आ. व. २०७९/०८० को नाफा नोक्सान हिसाब एवम् सोही अवधिको नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तन लगाएत वार्षिक आर्थिक विवरणसँग सम्बन्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ।
३. कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक बर्ष २०७९/०८० को नाफाबाट हालको चुक्ता पूंजी रू. १,१२,८०,९०,४३७।७३ को ५.२६३२ प्रतिशतले हुन आउने रू. १,१२,८०,९०,४३७.७३ (अक्षेरूपी पाँच करोड तिरानब्बे लाख त्रिहत्तर हजार एक शय अस्सी र त्रियानब्बे पैसा) नगद लाभांश (लाभाशं कर समेत) प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।
४. लेखापरिक्षण समितिको सिफारिश अनुसार आव २०८०/०८१ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
ख. विविध ।

 बुकक्लोज कहिले ?
साधारण सभा प्रयोजनार्थ होटलले असोज १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार असोज ११ गतेसम्म  कारोबार भइ कायम सेयरधनीहरुले  साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको