Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोशीले डाक्यो दुई आर्थिक बर्षको साधारणसभा, के के छन् एजेन्डा ?

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, १० : १६ मा प्रकाशित

अप्पर तामाकोशीले डाक्यो दुई आर्थिक बर्षको साधारणसभा, के के छन् एजेन्डा ?

अप्पर तामाकोशी हाइड्रोपावरले गत दुई आर्थिक बर्षको बार्षिक साधारणसभा आह्वान गरेको छ । भदौ १७ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको १२ औँ र १३ औँ बार्षिक साधारणसभा असोज १९ गते गर्ने निर्णय गरेको हो । 

कम्पनीको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को १२ औँ र १३ औँ वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट बिहान ११ः३० बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले दुवै आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि सभाले अनुमोदन गर्नुको साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज ४ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । असोज १, २ र ३ गते नेप्सेमा कारोबार बन्द हुने भएकाले भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हसन सक्नेछन् ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको