Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे लघुवित्तको ८ प्रतिशत बोनश हितग्राही खातामा जम्मा, तपाईंकोमा आयो ?

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, ०८ : १८ मा प्रकाशित

नेरुडे लघुवित्तको ८ प्रतिशत बोनश हितग्राही खातामा जम्मा, तपाईंकोमा आयो ?

नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट बितरण गरेको ८ प्रतिशत बोनश सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको जनाएको छ । 

संस्थाको गत बर्ष फागुन २२ गते सम्पन्न भएको १४औं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत बोनस सेयर २०७७ फाल्गुन ६ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको र त्यसपछि सेयर अभौतिकिकरण गर्ने सेयर धनीहरुको हितग्राही खातामा क्रमश बोनश सेयर जम्मा गरिने व्यबस्था गरेको कम्पनीले जनाएको छ । 

त्यसैगरी, संस्थाले हालसम्म पनि आफ्नो सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई यथाशिघ्र सेयर अभौतिकिकरण गरी आफ्नो बोनस हितग्राही खातामै प्राप्त गर्नका लागि आग्रह गरेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको