Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र ‘सट डाउन’ भएपछि छिटाे छिटो विधेयक पारित गर्ने तयारी

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, ०९ : ५७ मा प्रकाशित

अर्थतन्त्र ‘सट डाउन’ भएपछि छिटाे छिटो विधेयक पारित गर्ने तयारी

इतिहासमा पहिलो पटक राज्य कोषको रकम खर्च गर्न नसकेर अर्थतन्त्र ‘सट डाउन’को अवस्थामा पुगेपछि सरकारले आज बिनियोजन विधेयक पारित गराउने तयारी गरेको छ ।

प्रतिपक्ष नेकपा एमालेको अवरोधकाबीच संसद चलाउँदै आएको अवस्थामा प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका बारेमा छलफल चलाउने भन्दै संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै आर्थिक विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

आर्थिक विधेयकको दफावार छलफलकालागि सभामुख अग्निप्रसाद सापकोटाले दिन तोकेलगत्तै राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसहितको कार्यसूची तयार पारिएको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी ल्याएको बजेटमा पारित हुने सम्भावना छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त बजेट संशोधनका लागि कुनै पनि संशोधन प्रस्ताव दर्ता नगरेपछि सोमबारको बैठकमा बजेट पारित हुने भएको देखिएको हो । एमालेले भने आजको बैठकमा पनि अवरोध गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको