अर्थ संसार
काठमाडौ–आन्तरिक राजस्व विभागले पाँचौ राष्ट्रिय कर दिवसको मूल नारा छनौटको लागि सार्वजनिक रुपमा आव्हान गरेको छ ।
नारा नेपाली भाषामा कर जागरण ल्याउने किसिमको सन्देशमूलक संक्षिप्त र भावयुक्त, सरल तथा अर्थयुक्त हुनुपर्ने समेत विभागले जनाएको छ । आगामी मंसिर १ गते कर दिवस मनाइँदै छ । आन्तरिक राजस्व विभागले कात्तिक १८ गतेसम्म विभागमा प्राप्त भएका नारामध्ये उत्कृष्ट ठहरिएको एक नारालाई राष्ट्रिय कर दिवसको अवसरमा (मंसिर १ गते) आयोजित विशेष कार्यक्रममा १५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने समेत जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस