Like us!
Follow us!
Connect us!
Watch us!

दाेश्राे बजारमा आजदेखि मैलुङ खोलाको काराेबार हुने, कति छ ओपनिङ्ग रेञ्ज ?

नेप्से

बुधबार, ०६ असोज २०७८, ०९ : ५६ मा प्रकाशित

दाेश्राे बजारमा आजदेखि मैलुङ खोलाको काराेबार हुने, कति छ ओपनिङ्ग रेञ्ज ?

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) बाट मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडकाे काराेबार खुल्नेछ ।

हिजाे (मंगलबार) कम्पनीकाे ३६ लाख ८१ हजार ४ सय ३० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MKJC सिम्बाेल पाएकाे छ । 

कम्पनीले  साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियाे ।

गाेलाप्रथाबाट गरिएकाे बाँडफाँडमा सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरेका थिए । यस्तै, १० कित्ता भन्दा बढीका लागि आवेदन दिने आवेदकहरुमध्येबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको