Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारण तर्फबाट २ जना सञ्चालक निर्वाचित गर्दै मैलुङ खोला जलविद्युतकाे साधारण सभा सम्पन्न

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १५ : ३५ मा प्रकाशित

सर्वसाधारण तर्फबाट २ जना सञ्चालक निर्वाचित गर्दै मैलुङ खोला जलविद्युतकाे साधारण सभा सम्पन्न

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडकाे आठाैँ वार्षिक साधारण सभा, आज (पाैष ३० गते, शुक्रबार) लैनचाैर ब्याङ्क्वेट्स, लैनचाैर, काठमाडाैँमा सम्पन्न भएकाे छ ।

सभामा कम्पनीकाे सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. विरेन्द्र प्रसाद महताेद्वारा प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गरिएकाे छ । यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारिएकाे छ ।

सभामा सर्वसाधारण शेयरधनी समूहकाे तर्फबाट २ जना सञ्चालककाे निर्वाचन गरिएकाे छ । डा. सुनिल पाेखरेल र रघुनाथ कुँइकेल निर्वाचित भएका छन् ।

कम्पनीले हालै मात्र अर्थात् साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको