Like us!
Follow us!
Connect us!
Watch us!

मैलुङ्ग खोलाको २.२२११ % बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, ०८ : २४ मा प्रकाशित

मैलुङ्ग खोलाको २.२२११ % बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत्र १५ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले चैत २९ गते, बिहीबार, लैनचौर ब्याक्वेट, लैनचौर, काठमाडौँमा बिहान ११ बजे आफ्नो दशौँ वार्षिक साधारण सभा डाकेको छ। 

कम्पनीले सभामा हाल कायम चुक्ता पूँजीको २.२२११ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भनेर घोषणा गरिसकेको छ। 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ अर्थात चैत १६ गते  भोलि शुक्रबार बुकक्लोज तय गरेको छ । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

तेस्तै,सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्तावहरु पनि पारित गर्ने तय गरिएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको