Like us!
Follow us!
Connect us!
Watch us!

मैलुङ खोला जलविद्युतको २९.५९ लाख कित्ता सेयरको लक इन अवधि समाप्त हुँदै

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, ०९ : २८ मा प्रकाशित

मैलुङ खोला जलविद्युतको २९.५९ लाख कित्ता सेयरको लक इन अवधि समाप्त हुँदै

मैलुङ खोला जलविद्युत कम्पनीको संस्थापक सेयरधनीको लकइन अवधि सकिन लागेको छ।

जलविधुत कम्पनीले एक सूचना प्रकाशित गर्दै कुल २९ लाख ५९ हजार ८७० कित्ता सेयरको लकइन अवधि आउँदो साउन २६ गते सकिने जानकारी गराएको हो। 

यी सेयरमा संस्थापक सेयर २५ लाख ७७ हजार कित्ता, स्थानीयको सेयर ३ लाख ६८ हजार १४४ कित्ता र कर्मचारीको सेयर १४ हजार ७२६ कित्ता रहेको छ।

आइपीओ बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक, स्थानीय र कर्मचारीको सेयरमा गरिएको लक इनमा राख्नु पर्ने धितोपत्र बोर्डको नियम रहेको छ। जस अनुसार लकइन अवधि सकिने लागेको हो। 

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपीओ २०७८ साउन २६ गते बाँडफाँट गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको