Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजारमा संकट आएको हो ? जिम्मेवार को ?

नरेन्द्रमान श्रेष्ठ

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, ११ : ४१ मा प्रकाशित

पुँजी बजारमा संकट आएको हो ? जिम्मेवार को ?

अहिले शेयरबजार  खस्किदो अबस्थामा  छ भन्दा फरक नपर्ला । पछिल्लो समयमा शेयरबजार ओरालो लागेर नेप्से  घट्ने क्रममा छ । ३२ सय नाघिसकेको नेप्से घटेर २६ सय बिन्दुको हाराहारीमा   पुगिसकेको छ ।  एकै दिन  नेप्से ११४ अंक सम्म पनि घटे । यस बिचमा केहिले कमाए पनि अधिकाश लगानिकर्ताहरुले गुमाएका छन । 

पछिल्लो समयमा शेयरबजारमा भइरहेको उटार चढाबलाइ कतिपयले राजनितिक सरकार नियामक निकायहरु र अर्थमन्त्रिसंग पनि जोडिएका छन भने यसलाइ नेपाल राष्ट बैंकको गभर्नरसंग पनि जेर्डिएको छ भन्दा पनि फरक नपर्ला ा  नेपाल राष्ट बैंकले २०७८÷७९ को मौद्रिक निति सार्बजनिक भए देखि नै शेयर बजार ओरालो लागेको हो भन्दा पनि फरक नपर्ला । यसपालिको मौद्रिक नितिमा शेयर कर्जाको सिमालाइ १२ करोडमा सिमित गरेकोले शेयरबजार ओरालो लागेको हो भन्नेहरु पनि नभएका होइनन । 

त्यसो त शेयरबजार ओरालो लागे देखि कतिपय लगानिकर्ताहरुले आनदोलन पनि गरिरहेका छन केहि लगानिकर्ताहरु त आमरण अनसन पनि बसे । यसले गर्दा पनि कतिपय लगानिकर्ताहरुमा अन्योलता छाएको पनि देखिनछ भने पछिल्लो समयमा कतिपय लगानिकर्ताहरु मनोबिज्ञानको त्रासमा  पनि रहेका छन भन्दा पनि फरक नपर्ला ।   त्यसो त हावा भरेर फुलेको बेलुनको  बारेमा म केहि बोल्दिन भनेर अर्थमन्त्रिको भनाइलाइ शेयरबजारको बारेमा बोलेको भनेर एउटा अनलाइन मिडियाले समाचार दिएको कारणलाइ पनि यसमा जोडिएका छन । त्यस्तै कतिपय लगानिकर्ताहरुको भनाइमा शेयरबजारमा नेप्से घटबढ भइरहने हो तर पनि अहिलेको घट्दो बजारलाइ स्वभाभिक मानेका छैनन यसमा चलखेल भइरहेको त छैन भनेर पनि भन्ने गरिरहेका छन ।     

अहिलेको समय भनेको बाली खाने समय हो यही समयमा शेयरबजार घट्नलाइ अर्थपुण रहेको बताउछन लगानिकर्ताहरु । अहिलेको बिभिन्न कम्पनिहरुले लाभाश घोषणा गरिरहेका छन तर पनि शेयरबजारले  घटिरहेका छन । अहिलेको सिजन भनेको शेयरबजार बढ्ने सिजन हो अहिले सबै जसो कम्पनिहरुले आ आफ्नो लाभाश घोषणा गरिरहेको समयमा शेयरबजार बढ्न पर्नेमा नेप्से बढ्न पर्नेमा  झन घटिरहेका छन ।  

अहिले देशमा गठबन्धनको सरकार छ । गठबन्धको सरकारमा अर्थमन्त्रि बनेको कम्यनिष्ट नेता जनार्दन शर्मा अर्थमन्त्रि छ । कतिपयको भनाइमा अर्थमन्त्री शेयरबजारप्रति नकारात्मक भएको पनि बताइ रहेका छन । कतिपयले त बर्तमान अर्थमन्त्रीलाई बिगतका अर्थमन्त्रीहरु डा बाबुराम भट्टराई र डा युवराज खतिवडासगं दाँजेका छन ।  सरकारमा रहेका अर्थमन्त्रि देशको अर्थतन्त्र बुझेका जानेका शेयरबजार सम्बन्धि जानकार भएको अर्थमन्त्री हुनु पर्नेमा कसैको दुइमत नहोला । यसका साथै सरकार पनि शेयरबजार मैत्री हुनु पर्छ  सरकार अर्थमन्त्री शेयरबजारप्रति नकारात्मक भए शेयरबजारमा सुधार आउन सक्दैन ।     
         
४३ लाख भन्दा बढि लगानिकर्ताहरु, खर्बौ रुपैयाँ लगानी रहेको र देशको अर्थतन्त्रको मेरुदण्ड वा ऐनाको रुपमा रहेको शेयरबजार यस्तो अबस्थामा आउदा लगानिकर्ताहरु र शेयरबजार संग सरोकार राख्नेहरु चिन्तित हुनु त स्वभाबिक नै हो नि । शेयरबजार ओरालो लाग्नुका धेरै कारणहरु हुन सक्छन् । अहिले यसको जिम्मवार को सरकार, अर्थमन्त्री, नेपाल राष्ट बैंक, नियामक निकायहरु वा स्वयम लगानिकर्ताहरु ? शेयरबजारका लगानिकर्ताहरुले पनि बुझ्न पर्ने शेयरबजार भनेको जोखिमको ब्यबसाय हो शेयरबजारमा जोखिम पनि हुने गर्दछ भने यसले राम्रो प्रतिफल पनि दिने गर्छन शेयरबजारका लगानिकर्ताहरुले कहिले गुमाउछन त कहिले कमाउछन पनि । यसकारणले पनि जोखिम मोल्न नचाहनेहरुले शेयरबजारमा प्रबेश नगरेको नै जाति जोखिम मोल्न नचाहने हरुले बैंकमा रकम जम्मा गर्ने अनि नियमित ब्याज कमाइ रहेने नै जाति । 

शेयरबजारमा लाग्ने लगानिकर्ताहरुमा धैर्यता पनि हुन आबशयक छ भने होल्ड गर्न सक्ने क्षमता पनि हुन जरुरी छ । शेयरको भाउ घट्रदै छ भोलि फेरि घट्छ कि भनेर डराएर आत्तिएर घाटा खाएर सस्तोमा शेयर बेचेर बाहिरिने लगानिकर्ताहरु शेयरबजारमा प्रबेश नगरेको नै जाति । 

पछिल्लो समयमा शेयरबजारमा देखा परिरहेको गतिबिधिले लगानिकर्ताहरुको आत्मबल उकास्न सकिरहेका छैन नेप्से घट्ने क्रमले गर्दा भोलि फेरि घट्छ कि भन्ने त्रासको मनोबिज्ञानले काम गरिरहेका छन यसले शेयरबजारमा प्रबेश गर्न चाहिरहेका लगानिकर्ताहरु पनि प्रबेश गर्न सकिरहेका छैनन यसकारणले पनि शेयरबजारले गति लिन नसकिरहेको हो भन्दा पनि फरक नपर्ला । शेयरबजारमा लगानिकर्ताहरुको ट्रेण्डलाइ हेर्दा शेयरको भाउ घटेको बेला भोलि फेरि घट्छ कि भनेर डराएर बेच्ने गरेका हुन्छन  यसले पनि बजार घट्नमा मद्यत गरेका हुन्छ । 

त्यसो त शेयरबजार उकालो ओरालो लाग्नेमा शेयरबजारमा केहि ठुलाबढा लगानिकर्ताहर शेयरबजार सम्बन्धि सघ संस्थामा आबद्ध ठुलावडा शेयरबजारका खिलाडि भनिने हरुले पनि बेला बेलामा शेयरबजारलाइ आफ्नो अनुकुल बनाउनको लागि चलखेल गर्ने गरेको सरोकारवालाहरु बताउने गरेका छन ।

यसमा शेयरबजारका लगानिकर्ताहरु भने शेयरबजार प्रति सचेत र चनाखो भने हुनु पर्छ भने शेयरबजार प्रति सकारात्मक हुनु पर्छ  शेयरको भाउ घटि रह्यो भन्दैमा सस्तोमा घाटा खाएर हतारमा शेयर बेचेर शेयरबजारबाट बाहिरिने गर्न भने हुन्दैन । यसले शेयरबजार बढ्न मा होइन झन घट्नमा सहयोग हुने देखिन्छ । शेयरबजार घटे पछि ढिलो चाडो बढ्छ पनि । नेप्से घट बढ हुने शेयरबजारको बिशेषता नै हो । शेयरबजारको बिस्तार बिकाश र प्रबद्र्धन गर्ने  र लगानिकर्ताहरुको हक हित र अधिकारको लागि भने र ५ सात वटा शेयर लगानिकर्ताहरुको सघहरु छन तर यिनिहरु टुट्ने फुट्ने जुट्ने र नाम र पदको लागि मात्र सिमित भइरहेका छन । यिनिहरुले शेयरबजार र लगानिकर्ताहरुको लागि खासै कामहरु गर्ने गरेका छैनन सरोकारवालाहरु यसै भनिरहेका छन ।

 
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको