Like us!
Follow us!
Connect us!
Watch us!

चालु आर्थिक वर्षको पहिलो महिनामै भित्रियो ७५.९६ अर्ब रेमिट्यान्स

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, १५ : ५५ मा प्रकाशित

चालु आर्थिक वर्षको पहिलो महिनामै भित्रियो ७५.९६ अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको पहिलो महिनामै ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा भने रेमिट्यान्स आप्रवाह १८.१ प्रतिशत र अमेरिकी डलरमा १७ दशमलव ५ प्रतिशतले गिरावट आएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या वृद्धि भई १३ हजार आठ सय पुगेको छ । गतवर्ष कोरोना महामारीले गर्दा यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ९९.२ प्रतिशतले घटेको थियो ।  

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा दुई सय ८६ दशमलव १ प्रतिशतले वृद्धि भई ११ हजार ६ सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८० प्रतिशतले घटेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको