अर्थ संसार
काठमाडौं–पत्रकार सञ्जय न्यौपाने मस्तिष्क स्नायु प्रणालीसम्बन्धी रोगले च्यापेपछि उपचारका लागि भारतको हरियाणास्थित मेदान्त अस्पताल भर्ना भएका छन् ।
मेदान्तमा एक बर्षदेखि उपचार गराइरहेका उनी गत महिना डाक्टरको फलोअपमा गएर फर्केका थिए । त्यहाँका चिकित्सकले उनलाई स्वास्थ्यमा उत्साहनजन सुधार भएको बताएका थिए । ‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ भनिने स्नायु प्रणालीसम्बन्धी रोगले दशैंका बेला उनलाई एक्कासी चापेको थियो ।
उनी दशैंको टिकाको दिन घरमैं बेहोस भएका थिए । त्यसपछि उनलाई मेदान्त लगिएको पारिवारिक स्रोतले बताएको छ ।
लामो समय आर्थिक पत्रकारितमा क्रियाशिल रहेका न्यौपाने कारोवार दैनिकका पूर्व सम्पादक हुन् ।
न्यौपानेको उपचारमा सहयोग गर्न नेपाल आर्थिक पत्रकार समाजले आग्रह गरेको छ । उनी समाजका पूर्वअध्यक्ष पनि हुन् । समाजले न्यौपानेको उपचारमा सहयोगको लागि सम्पूर्ण शुभेच्छुकहरुमा अपील गरेको छ ।
खाता विवरण
नेपाल बंगालादेश बैंक, खाता नम्बर : १५७०४१P
बिजुलीबजार, काठमाडौं ।
नेपाल आर्थिक पत्रकार समाज
email:[email protected]
(Ph. 01-4242567)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस