Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, ०७ : ४४ मा प्रकाशित

काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खसेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार बिहीबार राति चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो ।  कार नदीमा खस्दा एक जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।

ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीका अनुसार उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।  

‌दुर्घटनामा पोखरा महानगरपालिका-७ का प्रेम भुजेल,  लेखबहादुर भुजेल र ईश्वी भुजेल बेपत्ता छन् । उनीहरूको खोजबिन भइरहेका प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको