Like us!
Follow us!
Connect us!
Watch us!

नेपालका मधुसुधनले कतारमा गोल्डस्टारको सोरुम सुरु गर्दै

अर्थ संसार

मंगलबार, १२ असोज २०७८, ११ : ०६ मा प्रकाशित

नेपालका मधुसुधनले कतारमा गोल्डस्टारको सोरुम सुरु गर्दै

स्वदेशी उत्पादनबाट नै देशको अद्योगिक क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गोल्डस्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ ।

हाल कतार निवासी प्युठानका मधुसुधन केसिले कतारमा गोल्डस्टारको आउटलेट तयार गरेका छन् । आफ्नो भविष्य खोज्दै सन् २००७ मा कतारमा पुगेका प्युठानका केसीले आफ्नै व्यापार सुरु गरि व्यावसायीको रुपमा स्थापित हुन सफल भएका छन् ।

स्वेदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनु पर्छ भन्ने उद्देश्यका साथ केसीले गोल्डस्टारको आउटलेट कतारमा पुर्याएको केसीले बताए । कतारमा प्रख्यात एसिया टाउनको प्लाजा मलमा गोल्डस्टारको सोरुम रहेको छ ।

सोरुममा मात्र नभई अनलाइनको माध्यमबाट पनि गोल्डस्टार फुटवेयरको बिक्री गरिने उनले बताए । त्यस्तै, कतारको बजारलाई मात्र लक्षित गर्दै ई-कमर्स साइट पनि छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।

नेपालीहरूको बीचमा लोकप्रिय ब्रान्ड गोल्डस्टार कतारको लागि नेपालबाट अभिमन्यु शर्मा र थमन कुमार भण्डारीले कनसल्टिङको रुपमा काम गरिरहेको केसीले बताए । गोल्डस्टार मात्र नभई देशका अन्य स्वदेशी उत्पादनलाई पनि कतारमा परिचित गराउने आफ्नो इच्छा रहेको उनले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको