Like us!
Follow us!
Connect us!
Watch us!

गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्प पीडितलाई जुत्ताचप्पल सहयोग

अर्थ संसार

आइतबार, २६ कार्तिक २०८०, १८ : २१ मा प्रकाशित

गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्प पीडितलाई जुत्ताचप्पल सहयोग

गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हो ।

गत कार्तिक १७ गते शुक्रबार जाजरकोटमा केन्द्रविन्दु बनाई गएका भुकम्पमा भएको मानविय क्षतिप्रति गोल्डस्टारले श्रद्धान्जली अर्पण गरेको छ । यसका साथै कम्पनीले भूकम्पपीडित समुदायलाई महत्वपूर्ण सहयोग प्रदान गर्ने अग्रसरता लिएको छ । सङ्कटको घडीमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिकता व्यक्त गर्दै कम्पनीले विनाशकारी भूकम्पमा परेका पीडितलाई सहयोग प्रदान गरेको हो ।

गोल्डस्टार शूजकि कार्यकारी निर्देशक विदुषी राणाले भनिन्, ‘जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउदैछौं । हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौं र वहांहरुको हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौं ।’

सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो । मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्नका लागि सुपरिचित छ ।

समयक्रममा गोल्डस्टारले बजारको मागसँग आफुलाई समायोजन गर्दै आज आफुलाई फेसन ब्रान्डका रूपमा सफलतापूर्वक स्थापित गरिसकेको छ । हालै मात्र यसले प्रिमियम तथा उच्च गुणस्तरका जुत्ताहरुको एक विशेष शृंखलाको सुरुवात गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको