गोल्ड स्टार चुत्ता र हात्ती छाप चप्पल उत्पादन गर्ने कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले ६ महिनामा साढे ७९ करोड रुपैयाँ बढीको कारोबार गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८१ स्न २०२५ को पहिलो ६ महिनाको अवधिमा ७९ करोड ६० लाख रुपैयाँको व्यपार गरेको हो ।
गत वर्ष सन् २०२४ मा यो कम्पनीले २ अर्ब २२ करोड ८० लाख रुपैयाँको व्यापार गर्न सफल भएको थियो । यो सन् २०२३ भन्दा बढीको व्यापार हो । यो कम्पनीले सन् २०२३ मा २ अर्ब १५ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
सन् १९९० मा स्थापित किरण सुजको बालाजु, भैरहवासहित तीन ठाउँमा उत्पादन प्लान्ट सञ्चालनमा रहेका छन् । कुनै समय गोल्ड स्टारले १७ वटा फ्याक्ट्री मार्फत आफ्नो उत्पादन गर्ने गरेको थियो । उक्त समयमा यो कम्पनीमा ५ हजार जनालाई रोजगारी पनि दिएको थियो । तर पछिल्लो समय यो कम्पनीले ३ वटा फ्याक्ट्री मात्रै सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । यी तीन वटा फ्याक्ट्री पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको कम्पनीले जनाएको छ । यदि तीन वटा फ्याक्ट्री पूर्ण रुपमा सञ्चालन भएको खण्डमा १ करोड ६६ लाख भन्दा बढी जोर जुत्ता चप्पल उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ । यो कम्पनीको गोल्डस्टार जुत्ता र हात्ती छाप चप्पल मुख्य ब्राण्ड हुन् । पछिल्लो समय यो कम्पनीले आफ्नो उत्पादनलाई विदेशमा पनि विस्तार गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस