Like us!
Follow us!
Connect us!
Watch us!

सेयर धितो कर्जाको सीमा तत्काल फिर्ता लिन शेयर लगानीकर्ता संघकाे माग

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १२ : ०० मा प्रकाशित

सेयर धितो कर्जाको सीमा तत्काल फिर्ता लिन शेयर लगानीकर्ता संघकाे माग

शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कायम गरेकाे सेयर धिताे कर्जाकाे सीमा तत्काल फिर्ता लिन नियामक निकायहरूसँग माग गरेकाे छ ।

संघले आज (बुधबार) एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सेयर धितो कर्जामा लगाईएको ४ करोड र १२ करोडकाे सीमाका साथसाथै सिडी रेसियोको व्यवस्था फिर्ता लिन सम्बन्धित नियामकहरूसँग माग गरेको हाे ।

मौद्रिक नितिमा गरिएको पुँजी बजार सम्बन्धि परिवर्तनमध्ये ४ करोड र १२ करोड प्रकरण र सिडी रेसियोको व्यवस्थाले बजारमा नकारात्मक प्रभाव पार्ने भन्दै त्यसलाई तुरुन्त सच्याउनको लागि संघले विज्ञप्ति मार्फत् पहल गरेकाे हाे । 

संघका अध्यक्ष उत्तम अर्यालद्वारा जारी गरिएकाे विज्ञप्तिमा विभिन्न कारणहरुले बजारमा अनावश्यक उतार चढाव भइरहेको र नितिगत भ्रष्टाचारमा नियामक निकायहरु तल्लिन भएकोले उनीहरुले बजारलाई तल माथि गर्ने (घटबढ) साँचो लिएर बसिरहेकाहरुलाई पुँजीबजारलाई आफ्नो गतिमा चल्न दिन र कम से कम छिमेकी देश भारतबाट पुँजी बजार सम्बन्धी जानकारी प्राप्त गरी त्यसको १० प्रतिशत पनि कार्यान्वयनमा ल्याउन सक्ने प्रेरणा सरोकारवाला पक्षलाई मिलोस् भनी उल्लेख गरिएकाे छ ।

सेयर बजारलाई आफ्नै गतिमा चल्न दिनु पर्ने तथा माग र आपुर्ती, कम्पनीको वासलातको आधार, कम्पनीको भविष्यको व्यापारीक योजना र देशको आर्थिक अवस्थाको आधारमा सेयर बजार चल्नुपर्ने र यस क्षेत्रलाई स्वतन्त्र छाड्नु पर्ने सर्वमान्य सिद्धान्तको रुपमा अंगीकार गर्दै सेयर बजार छोटो छोटो समयमा नियामक निकायहरुको अदुरदर्शी निर्णयको सिकार हुँदै आएको विज्ञप्तिमा उल्लेख छ । 

देशको राजश्वमा महत्वपूर्ण योगदान गर्न सफल र करिव ४५ लाख हितग्राही खातासहित देशको जनसंख्याको ४० प्रतिशत हिस्सा सँगै प्रत्यक्ष सरोकार राख्ने एक मात्र क्षेत्र शेयर बजारमा राष्ट्र बैंकको पछिल्लो मौद्रिक नितिले पारेको नकारात्मक प्रभाव प्रति सेयर लगानीकर्ता संघ नेपालले गम्भिर ध्यानाकर्षण जनाएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, " मौद्रिक नितिमा गरिएको पुँजी बजार सम्वन्धि परिवर्तन मध्ये ४ करोड र १२ करोड प्रकरणले साथै सिडी रेसियोको व्यवस्थाले बजारमा नकारात्मक प्रभाव पार्ने र त्यसलाई तुरुन्त सच्याउनको लागि यस संघले माननिय अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गराउदै संघको पहलमा उहाँलाई ज्ञापनपत्र बुझाइएको व्यहोरा स्मरण गराउदै मन्त्रीज्यूबाट ४ करोडको र १२ करोडको सिमा २ वर्ष भित्र समायोजन गर्ने व्यवस्था मिलाउने र सिडी रेसियो अन्य सरोकारवाला पक्ष संगको सर–सल्लाहमा पुनरावलोकन गर्न सकिने र वजारमा नकारात्मक प्रभाव परेमा तत्काल त्यस बुदाँलाई सच्याउन सधै तयार छु भन्नु् भएको प्रमाण हामीले सुरक्षित राखेका छौ र संचार माध्यमहरुमा केही समयमा लगानीकर्ताहरुलाई सु–सुचित गराएको व्यहोरा आम लगानीकर्ताहरुमा स्मरण गराउन चाहान्छौं ।"

विज्ञप्ति हेर्नुहाेस् :

61540942e3789.jpg 615409465a3c6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको