Like us!
Follow us!
Connect us!
Watch us!

दशैँमा कोका–कोलाको ‘धन्यवाद’ अभियान सुरु

अर्थ संसार

विहीबार, १४ असोज २०७८, १२ : ०८ मा प्रकाशित

दशैँमा कोका–कोलाको ‘धन्यवाद’ अभियान सुरु

दशैँकाे अवसरमा काेका-काेला नेपालले ‘कृतज्ञता’ प्रदान गर्न “धन्यवाद” अभियान सुरू गरेकाे छ । यस अभियानले महामारीको चुनौतीपूर्ण समयमा सकारात्मक प्रभाव पार्ने व्यक्तिहरुसँग “धन्यवाद” लेबल गरिएको कोकको बोतलहरु बाँड्न उपभोक्ताहरुलाई प्रोत्साहित गर्दछ ।

कोका–कोलाले यसपालीको दशैँ अभियान “धन्यवाद” शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ । यस अभियानकाे मुख्य आशय भनेको कठिन समयमा साथीको रुपमा सधैँ सहयात्री रहेका व्यक्तिहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद प्रकट गर्नु हो । 

कोका–कोलाले सहयात्री बनेका हरेक व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी र सेवाकर्मीहरु रहेका छन् । नियमित कोकका लेबलहरुलाई दशैंको पावन अवसरमा धन्यवाद लेखिएको लेबलले साटिएको छ ।

यो नयाँ अभियानको शुरुवात औपचारिक रुपमा एक पत्रकार सम्मेलनमा गरिएको थियो जहाँ लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरिएको थियो । त्यही बेला नयाँ कोका–कोलाको दशैं टिभिसी पनि चित्रण गरिएको थियो । यो नयाँ टिभिसीमा गायक सुशान्त केसीको “धन्यवाद” शीर्षकको एउटा हृदयस्पर्शी गीत पनि रहेको छ ।

सो इभेन्टमा कोका–कोलाले कोभिड १९ को विरुद्ध समाजको लागी सुरक्षा प्रदान गरेका र लडेका विभिन्न क्षेत्रहरुका ८ जना अंग्रपंत्तिः नायकहरुलाई कृतज्ञा प्रकट गरीे सम्मान गरेको थियो । 

यसका साथै, कोका–कोलाले कोका–कोला “टकिंग बोतल” को माध्यमबाट निजीकृत सन्देशहरु साझा गर्ने एक नवीन अवधारणा पेश गरेको छ । उपभोक्ताहरुले www.coca–cola.com.np मा लग इन गर्न सक्नेछन् वा कोकको बोतलहरुमा रहेको क्युआर कोड स्क्यान गर्न सक्नेछन् । त्यसपछि “सेन्ड पर्शनलाइज्ड मेसेज” मा क्लिक गर्नुहोस् । त्यहाँबाट, उपभोक्ताहरुले प्राप्तकर्ताको नाम इन्ट्री गरेर कृतज्ञताको एक सन्देशका साथ एक उत्सव ग्रीटिंग चयन गरेपछि प्राप्तकर्ताको ईमेलमा पठाउन सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको