Like us!
Follow us!
Connect us!
Watch us!

मासुभन्दा महँगो भो गुन्द्रुक

अर्थ संसार

विहीबार, १४ असोज २०७८, १४ : २५ मा प्रकाशित

मासुभन्दा महँगो भो गुन्द्रुक

अहिले बजारमा गुन्द्रुकको भाउ मासुको भन्दा महँगो पर्ने भएको छ । अहिले उपभोक्ताले गुन्द्रुकलाई प्रतिकिलो एक हजार रुपैयाँसम्म तिर्दै आएका छन् । उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु खुद्रा मूल्यमा प्रतिकिलो दुई सय ९० रुपैयाँमा बिक्री भइरहेको छ । कुखुराको मासुभन्दा गुन्द्रुक महँगोमा बिक्री भइरहेको छ । 

पछिल्लो समय साग उत्पादनमा कमि आएको भन्दै बजारमा गुन्द्रक कम मात्रामा पाइने र महँगो पनि हुने गरेको व्यवसायी बताउँछन् । 

तर, व्यापारीले खुद्रा बजारमा उपभोक्तासँग मनलाग्दी मूल्यमा गुन्द्रुक बेच्दै आएका छन् । खुद्रा बजारमा एक सय ग्रामको नै एक सय रुपैयाँ लिँदै आएको उपभोक्ता बताउँछन् । यो भनेको प्रतिकिलो एक हजार रुपैयाँ हो । 

पसलैपिच्छे मूल्य फरक हुँदा उपभोक्ता मारमा परेका छन् । दशैँ नजिकिँदै गर्दा मासुको भाउ बढ्नु पर्नेमा गुन्द्रुकको भाउ बढेर किनेर खान नसकिएको गुनासो उपत्यकाका उपभोक्ता राम तिवारी बताउँछन् । उनी भन्छन्, ‘बरु मासु नै किनेर खान सस्तो पर्छ, किन गुन्द्रुकमा पैसा हाल्नु ?’

त्यस्तै, अर्का काठमाडौंका खुद्रा तरकारी व्यवसायी हरिदास खड्का भन्छन्, ‘थोकमाभन्दा हामीले केही महँगोमा नै बेच्नु पर्छ ।’ अहिले कृषकले साग उत्पादनमा वृद्धि गर्न नसक्दा गुन्द्रुकको मूल्य बढी पर्न गएको उनको अनुभव छ ।

नेपालीलाई धेरै नै मनपर्ने, पकाउन पनि छिटो र स्वाद पनि मिठो हुने भएकाले उपभोक्ताले गुन्द्रकलाई भान्सामा धेरै प्रयोग गर्छन् । 

निषेधाज्ञाका कारण होटल, रेष्टुरेन्ट लगायत मासु खपत हुने ठाउँहरु बन्द हुँदा बजारमा मासुको माग ह्वात्तै घटेको छ । तर, गुन्द्रुकको भाउ भने बढेको छ । 
कसरी बनाइन्छ गुन्द्रुक र यसको फाइदा के छ ?

गुन्द्रुक सागबाट बनाइन्छ । गुन्द्रुक रायो साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो । गुन्द्रुकमा मुख्यतया ४८ प्रतिशत कार्बोहाइडेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदार्थ पाइन्छ ।

कुनै बेला गाउँमा यसलाई छाक टार्ने तरकारीको रूपमा मात्र लिइन्छ भने यसले शरीरमा दिने फाइदाको कारण पछिल्लो समयमा शहरको धनीहरूमा पनि यो लोकप्रिय भएको छ । अब गाउँमा मात्र होइन सहरमा पनि यसको माग बढेको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको