Like us!
Follow us!
Connect us!
Watch us!

दशैंको नौ शुभसाइत

अर्थ संसार

विहीबार, १४ असोज २०७८, १४ : ४१ मा प्रकाशित

दशैंको नौ शुभसाइत

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नेपालीहरूको महान चाड बडादशैंको शुभसाइतबारे जानकारी गराएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट यस वर्षको बडादशैंको शुभसाइतहरू प्राप्त भएसँगै गृहले बिहीबार ७७ वटै जिल्ला प्रशासनलाई पठाएको हो । गृहको सर्कुलरमा जिल्लास्थित मातहतका कार्यालयलाई समेत जानकारी गराइदिने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

उपसचिव भीमकान्त शर्माले पठाएको पत्रमा नौवटा शुभसाइत उल्लेख छ ।

२१ असोज, बिहीबार – नवरात्रारम्भ/घटनास्थापना, बिहान ११:४६ बजे ।

२२ असोज, शुक्रबार - झन्डा फेर्ने, बिहान ११:५६ बजे । (पश्चिम मोहडा)

२५ असोज, सोमबार - श्री पचलीभैरव यात्रा ।

२६ असोज, मंगलबार - फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे । स्थिरासन बिहान ८:४४ बजे ।

२७ असोज, बुधबार - महाअष्टमी, कालरात्रि ।

२८ असोज, बिहीबार - महानवमी ।

२९ असोज, शुक्रबार - विजया दशमी, देवी विर्सजन बिहान ८:१९ बजे । टीका - बिहान १०:२ बजे (पूर्व मोहडा) । श्री तुलजाभवानी यात्रा बिहान ७:१ बजे । स्थिरासन बिहान ८:३२ बजे, खड्गयात्रा ।

२ कात्तिक, मंगलबार - अखिलबलिपूर्ति ।

२ कात्तिक, मंगलबार – कोजाग्रत व्रत ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको