Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १० लाख ९३ हजार कित्ता सेयर सूचिकृत

अर्थ संसार

शनिबार, १६ असोज २०७८, १५ : १३ मा प्रकाशित

नेप्सेमा १० लाख ९३ हजार कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता एउटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । यस साताकाे आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । 

आइतबार संस्थाकाे १० लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे थियाे । तर हालसम्म पनि दाेश्राे बजारमा कम्पनीकाे काराेबार भने खुलेकाे छैन ।  स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच भएपछि मात्र रेगुलर काराेबार खुल्ने प्रावधान छ । हालसम्म संस्थाकाे काराेबार म्याच हुन सकेकाे छैन ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रुपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । संस्थाले दाेश्राे बजारमा काराेबारका लागि MLBS सिम्बाेल पाएकाे छ ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको