Like us!
Follow us!
Connect us!
Watch us!

ग्यापुको दशैँ तिहार धमाका, अप्रिलिया स्कुटर जित्ने मौका

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, १२ : १९ मा प्रकाशित

ग्यापुको दशैँ तिहार धमाका, अप्रिलिया स्कुटर जित्ने मौका

नेपालीहरूको महान् चाड दशैँ-तिहारको अवसर पारेर अनलाइन इ-कमर्स कम्पनी ग्यापुले दशैँ-तिहार धमाका अफर ल्याएको छ । शुक्रबारदेखि सुरु भएको यो अवसरमा अप्रिलिया स्कुटर जित्ने मौका रहेको छ।

ग्यापु अनलाइन स्टोरबाट सामान खरिद गर्ने ग्राहकहरूले ८० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो छुट विद्युतिय सामाग्री, मोबाइल ग्याजेट, कपडा लगायत सम्पुर्ण क्याटगोरीको समाग्रीहरूमा उपलब्ध हुनेछ । 

यस अफर अन्तर्गत एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डबाट पेमेन्ट गर्दा ग्राहकले १५ प्रतिशतसम्म क्यासब्याक अफर प्राप्त गर्न सक्छन् । ग्राहकले प्रत्येक युनिक कार्डबाट गरेको कारोबारमा १५०० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्छन् । 

त्यस्तै, एनसीसी बैंकको डेभिड/क्रेडिट/एनसीसी स्मार्ट युजर कार्ड प्रयोग गरेर सामान खरिद गरेमा २० प्रतिशत  अथवा ५०० रुपैयाँ सम्मको क्यास ब्याक अफर प्राप्त गर्न सक्छ्न । इ-सेवा प्रयोग गरि सामान अर्डर गर्नेमध्ये हरेक दिन २ जनाले लक्की ड्र मार्फत सय प्रतिशत क्यास ब्याक पाउने बताइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको